रास्वपा का नेताविरूद्ध अदालतको अवहेलनासम्बन्धी रिट निवेदन दर्ता गर्न सर्वोच्चअदालतको आदेश,
कार्तिक,२९
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताविरूद्ध अदालतको अवहेलनासम्बन्धी रिट निवेदन दर्ता गर्न सर्वोच्चअदालतले आदेश दिएको छ।
न्यायाधीश विनोद शर्माको इजलासले आज रास्वपा पार्टीका सभापति रवि लामिछानेमाथि सहकारीको रकम हिनामिनामा अनुसन्धान प्रक्रिया चलिरहँदा अदालतका गतिविधिविरुद्ध आन्दोलन गरेको भन्दै अधिवक्ता अनुपम भट्टराईले दिएको अदालतको अवहेलनासम्बन्धी निवेदन दर्ता गर्न आदेश दिएका छन।