नेपाली समय:

वि.सं २०८१ मंसिर २८   शुक्रवार

EnglishEN
तराईका क्षेत्रमा बाक्लो हुस्सु र कुहिरोको संभावना-मौसम पुर्वानुमान महाशाखा,

तराईका क्षेत्रमा बाक्लो हुस्सु र कुहिरोको संभावना-मौसम पुर्वानुमान महाशाखा,

कार्तिक-३०

काठमाडौँ । देशभर पश्चिमी वायु तथा पहाडी भू-भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।

हाल गण्डकी प्रदेश र कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।

त्यस्तै आज राती कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।

आगामी २४ घण्टा तराईका क्षेत्रमा राती र बिहानीपख बाक्लो हुस्सु र कुहिरोको संभावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिक/आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ ।

१५ Nov २०२४ , ८:२०am
हाम्रो आवाज