नेपाली समय:

वि.सं २०८१ मंसिर २८   शुक्रवार

EnglishEN
बक्यौता नतिर्ने उद्योगको बैंक खाता रोक्का,

बक्यौता नतिर्ने उद्योगको बैंक खाता रोक्का,

मंसिर -१३ 

 

काठमाडौं । डेडिकेटेड फिडर तथा ट्रंक लाइनको बक्यौता महसुल उठाउन सरकारले भाँजो हाल्दै गएपछि नेपाल विद्युत् प्राधिकरण वारपारको स्थितिमा उत्रिएको छ। प्राधिकरणले बुधबार महसुल बक्यौता राख्ने ३४उद्योगको बैंक खाता, सेयर निष्कासन तथा कारोबार रोक्का गर्ने प्रक्रियामा गई वारपारको स्थितिमा गएको हो।

 

विद्युत् नियमन आयोगले मंगलबार बिजुली कटौती गर्नेबाहेकका अन्य विकल्प प्रयोग गर्दै बक्यौता उठाउन पत्राचार गरेपछि प्राधिकरणले बक्यौता नतिर्ने उद्योगहरूको सूची समावेश गर्दै उनीहरूको बैंक खाता, सेयर कारोबारलगायत रोक्का गर्न नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिस्ट्रारको कार्यालयलाई पत्राचार गरेको छ।

२८ Nov २०२४ , ८:२१am
हाम्रो आवाज