नेपाली समय:

वि.सं २०८१ पौष ६   शनिवार

EnglishEN
सामाजिक सञ्जाल मार्फत सार्वजनिक शान्ति व्यवस्था खलल पुर्‍याउनेलाई कानुनी दायरामा ल्याइने- गृह मन्त्रालय

सामाजिक सञ्जाल मार्फत सार्वजनिक शान्ति व्यवस्था खलल पुर्‍याउनेलाई कानुनी दायरामा ल्याइने- गृह मन्त्रालय

मङ्सिर- १५

काठमाडौँ- गृह मन्त्रालयले सामाजिक सञ्जालको गलत प्रयोग गरी द्वेषपूर्ण एवं भ्रामक अभिव्यक्ति दिनेलाई कानुनी कारबाही हुने स्पष्ट पारेको छ । मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी सामाजिक सद्भाव र मर्यादामा आँच पुर्‍याउनुका साथै सार्वजनिक शान्ति सुव्यवस्थामा नै खलल पुर्‍याउनेलाई कानुनी दायरामा ल्याइने जनाएको हो । 

पछिल्लो समयमा केही व्यक्तिले सामाजिक सञ्जाललगायत माध्यमको गलत प्रयोग गरी कानुनले निषेध गरेका द्वेषपूर्ण एवं भ्रामक अभिव्यक्तिप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

३० Nov २०२४ , ८:०५am
हाम्रो आवाज