नेपाली समय:

वि.सं २०८१ पौष ११   बिहीवार

EnglishEN
स्थानीय तह उपनिर्वाचन- देशका विभिन्न स्थानमा शान्तिपूर्ण रूपमा मतदान जारी

स्थानीय तह उपनिर्वाचन- देशका विभिन्न स्थानमा शान्तिपूर्ण रूपमा मतदान जारी

 

मङ्सिर -१६

देशका ३३ जिल्लाका ४१ स्थानमा शान्तिपूर्ण रूपमा आज उपनिर्वाचन जारी छ।

धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर १ मा पनि वडाध्यक्षको लागि उपनिर्वाचनमा मतदान भइरहेको हो। बिहान ७:०० बजेदेखि सुरु भएको मतदान प्रक्रिया केहीबेर समान्य विवाद हुँदा रोकिए पनि पुनः केही मिनटमै मतदान सुरु भएको जनाइएको छ।

विभिन्न दल समर्थित समर्थनकर्ताहरुले मतदान स्थलमा समान्य विवाद गरिएको जनाइएको छ। यद्यपी, सौहार्द वातावरणमा पुनः मतदान प्रक्रिया सुचारु भएको हो।

१ Dec २०२४ , १:३२pm
हाम्रो आवाज