नवनियुक्त राजदूतहरूले लिए पद तथा गोपनीयताको शपथ,
मङ्सिर- १६
काठमाडौं । नव नियुक्त राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित एक समारोहका बीच आज आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
शपथ लिनेहरूमा लोकदर्शन रेग्मी–अमेरिका, डा. शैल रूपाखेती–जर्मनी, डा. नरेशविक्रम ढकाल– साउदी अरेबिया र चित्रलेखा यादव– अष्ट्रेलिया हरेका राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।