दक्षिण भारतमा आएको शक्तिशाली चक्रवातका कारण तीनजनाको मृत्यु,
मङ्सिर १६ (एजेन्सी)
भारतको दक्षिण क्षेत्रमा आएको शक्तिशाली चक्रवातका तीनजनाको मृत्यु भएको स्रोतले जनाएको छ। चक्रवातका कारण विद्यालय बन्द गरिनुका साथै सयौं मानिसलाई सुरक्षित आश्रयस्थलमा सारिएको छ।
चक्रवात फेङ्गलले ७०–८० किलोमिटर प्रतिघण्टा हावाको साथ तमिलनाडु राज्यमा अवतरण गर्ने पूर्वानुमान गरिएको भारतको मौसम ब्यूरोले जनाएको छ।
पूर्वानुमानले माछा मार्ने मानिसहरूलाई पानीबाट टाढा रहन आग्रह गर्दै बढ्दो छालहरूले तल्लो तटीय क्षेत्रहरूमा बाढीको खतरा निम्त्याउने जनाएको छ ।