एन.पी.एलमा बेटिंग गरेको आरोपमा चारजना पक्राउ,
मङ्सिर -१८
काठमाडौँ -नेपाल प्रिमियर लिग (एनपिएल)मा बेटिङ गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट खेल मैदानमा सञ्चालन भइरहेको प्रतियोगितामा बेटिङ गराएको आरोपमा भारत बिहारका चार जना पक्राउ परेका हुन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रवक्ता एवं प्रहरी उपरीक्षक होविन्द्र बोगटीका अनुसार पक्राउ पर्नेमा भारतीय नागरिकहरू २४ वर्षीय सुमन भोज, २५ वर्षीय अमित यादव, २४ वर्षीय सुमन कुमार र २५ वर्षीय ब्रजेस कुमार छन् ।