बिर्तामोडका पूर्व मेयर बालिका बलात्कारको आरोपमा पक्राउ,
मंसिर-२५
झापा । घरमा कम गर्न राखिएकी बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले झापाको बिर्तामोड नगरपालिकाका पूर्व नगरप्रमुख ध्रुवकुमार शिवाकोटी पक्राउ परेका छन् ।
झापाको काँकडभिट्टाबाट उद्दार गरिएकी १७ वर्षीया बालिकाको बयानका आधारमा प्रहरीले उनलाई सोमबार पक्राउ गरेको हो ।
प्रहरीका अनुसार बालिकाको बुबा छैनन् ।
आमा भारतको आसाममा बस्छिन् । घरको काम गर्दै पढाइदिने भनेर उनलाई शिवाकोटीले घरमा राखेको प्रहरीले जनाएको छ ।