
नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशको निर्वाचनमा धाँधली भएको दाबी,
मङ्सिर- ३०
नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका लागि भएको निर्वाचनको मतगणनामा धाँधली भएको दाबी गरिएको छ । उम्मेदवारहरुले पुनः मतगणनाको माग गरेका छन् ।
पत्रकार महासंघ अछाम शाखाको मतगणनामा धाँधली भएको भन्दै प्रदेश समितिको अध्यक्ष, खुला उपाध्यक्ष, समावेशी उपाध्यक्ष, महासचिव, सचिव कोषाध्यक्ष र केन्द्रीय समिति सदस्यका उम्मेदवारहरुले संयुक्त वक्तव्य जारी गर्दै पुनः मतगणनाको माग गरेका हुन् ।