इजरायलको कब्जामा रहेको सिरियाको गोलान हाइट्स क्षेत्रका लागि नयाँ योजना घोषणा,
पुष-१(एजेन्सी)
आफ्नो देशले कब्जा गरेको सिरियाको गोलान हाइट्स क्षेत्रका लागि नयाँ योजना घोषणा गरिएको इजराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले बताएका छन्।
इजरायलले सन् १९६७ मा गोलान हाइट्स कब्जा गरेको थियो।गोलान हाइट्स दक्षिण-पश्चिम सिरियाको चट्टानी पठार हो। इजरायलले यस क्षेत्रमा आफ्नो प्रभाव बढाउने र बसोबास गरेर समृद्ध बनाउने नेतन्याहुले बताएका छन्।
इजरायलले सन् १९८१ मा गोलान हाइट्स पूर्ण रूपमा कब्जा गरेको थियो, जसलाई अन्तर्राष्ट्रिय समुदायले भने मान्यता दिएको छैन।