नेपाली समय:

वि.सं २०८१ पौष ६   शनिवार

EnglishEN
रूसी जनरलको हत्या आरोपमा उज्बेकिस्तानी नागरिक पक्राउ,

रूसी जनरलको हत्या आरोपमा उज्बेकिस्तानी नागरिक पक्राउ,

पुष-३

काठमाडौ-वरिष्ठ रुसी सैनिक जनरल र उनका सहायकको हत्या गर्ने उद्देश्यले बम विष्फोट गराएको आरोपमा २९ वर्षीय उज्बेक नागरिकलाई पक्राउ गरिएको रुसी अधिकारीले जानकारी दिएका छन् । 

रुसको रासायनिक सुरक्षा बलका प्रमुख लेफ्टिनेन्ट जनरल इगोर किरिलोभ मस्कोस्थित क्रेमलिनबाट करिब ७ किलोमिटर दक्षिणपूर्वमा रहेको अपार्टमेन्ट भवन बाहिर भएको बम विष्फोटमा मारिएका थिए । रुसी अधिकारीले यो विष्फोट युक्रेनले प्रायोजित गरेको आरोप लगाएका छन् । 

युक्रेनले आफ्नो भूमिमा प्रतिबन्धित रासायनिक हतियार प्रयोग गरेको आरोपमा अनुपस्थितिमा किरिलोभलाई सजाय सुनाएको भोलिपल्ट भएको बम विष्फोटमा किरिलोभको मृत्यु भएको हो । 

१८ Dec २०२४ , २:३०pm
हाम्रो आवाज