बाँकेका तीन उद्योगविरुद्ध मुद्दा दायर,
पुष-९
काठमाडौँ, ९ पुसः खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जले यसवर्ष बाँकेका तीन वटा उद्योगविरुद्ध मुद्दा दायर गरेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन विपरीत कार्य गरेको भन्दै सो मुद्दा दायर भएको हो ।
निर्देशिका विपरीत उद्योग सञ्चालन गरेको, पाइएपछि मुद्दा दायर गरेको खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालय प्रमुख प्रशान्त पोखरेलले जानकारी दिनुभयो । सो उद्योगसँग रु चार लाख ५० हजार मागदाबी गरिएको छ ।