अजरबैजान बिमान दुर्घटनामा ३८ जनाको मृत्यु,
पुष-११
काठमाडौं । अजरबैजान एअरलाइन्सको यात्रुवाहक विमान दुर्घटनामा ३८ जनाको मृत्यु भएको छ ।
पाँच चालक दलसहित ६७ जना सवार विमान बुधबार कजाकिस्तानको अक्ताउ शहर नजिकै दुर्घटना भएको थियो ।
घटनामा ३८ जनाको मृत्यु तथा दुई बालबालिकासहित २९ जनाको भग्नावशेषबाट उद्धार गरिएको सीएनएनले जनाएको छ ।
उद्धार गरिएकामध्ये ११ जनाको अवस्था गम्भीर रहेको कजाकस्तानका उपप्रधानमन्त्री कानाट बोजुम्बेभले बताएका छन । उनले भने, ”शवहरू खराब अवस्थामा छन्, धेरै जसो जलेका छन्, सबै जम्मा गरिएको छ ।
जहाजमा अधिकांश अजरबैजानी नागरिक थिए तर रुस, काजाकिस्तान र किर्गिस्तानका केही यात्रुहरू पनि थिए ।