साइबर आक्रमणबाट प्रभावित जापान एयरलाइन्स,
पुष-१२
टोकियो- साइबर आक्रमणबाट प्रभावित बनेको जापान एयरलाइन्सका सेवाहरु लयमा फर्किन थालेका छन् । बिहीबार साइबर आक्रमणको रिपोर्ट सार्वजनिक भएपछि घरेलु र अन्तर्राष्ट्रिय उडानहरूमा ढिलाइ भएका थिए ।
तर पछि उक्त कारण पत्ता लगाएर समाधान गरेको एयरलाइन्सले जनाएको छ । जापान एयरलाइन्स (जेएएल)अल निप्पन एयरवेज (एएनए) पछिको देशको दोस्रो ठूलो एयरलाइन्स हो । एयरलाइन्सको ब्यागेज चेक–इन प्रणालीमा समस्याहरूले धेरै जापानी विमानस्थलमा एक दर्जनभन्दा बढी उडानमा ढिलाइ भएका थिए । तर रद्द वा अवरोध नभएको बताइएको छ ।