
सरकार मस्तिष्क घातको निःशुल्क उपचारको तयारीमा,
पुष-२२
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सरकारले मस्तिष्काघातको निःशुल्क उपचारको तयारी गरिरहेको बताएका छन् ।
कान्ति बालअस्पतालको ६३औँ वार्षिकोत्सवका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले यसका लागि मन्त्रालयले कार्ययोजना बनाइरहेको बताए । उनले कान्ति बाल अस्पतालमा बालक्यान्सरको निःशुल्क उपचारको व्यवस्था बनाइसकेको समेत उल्लेख गरे ।