नेपाली समय:

वि.सं २०८१ माघ ५   शनिवार

EnglishEN
देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव,तराईका केही भागमा भने हुस्सु

देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव,तराईका केही भागमा भने हुस्सु

पुष-२८

काठमाडौँ। हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहँदा कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिममा आंशिक बदलीदेखि साधारणतया बदली रहने छ । तराईका केही भागमा भने हुस्सु लागेको छ भने बाँकी भूभागमा मौसम सफा रहने छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

१२ Jan २०२५ , ७:४६am
हाम्रो आवाज