नेपाली समय:

वि.सं २०८१ माघ ५   शनिवार

EnglishEN
सहकारी बचत अपचलनसम्बन्धी मुद्दामा सभापति रवि लामिछानेको बयान जारी,

सहकारी बचत अपचलनसम्बन्धी मुद्दामा सभापति रवि लामिछानेको बयान जारी,

पुष-२८

काठमाडौं । सहकारी बचत अपचलनसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान जारी छ । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा लामिछानेको बयान जारी छ ।

आज बयान सकिएन भने लामिछाने हिरासतमा राखेर भोलि पुनः बयान लिइने अदालतका स्रेस्तेदार रामु शर्माले बताएका छन् । बयान सकियो र थुनछेकको बहस भयो भने न्यायाधीशको आदेशबमोजिम हुने उनले बताए ।

साँझ ५ बजेअघि बयान सकियो भने मात्रै आज थुनछेकको बहस हुनसक्ने उनले बताए । अन्यथा बाँकी काम भोलि गर्नुपर्ने भएकाले रविलाई हिरासत राखिनुपर्ने छ । ३९ जना प्रतिवादीमध्ये आज रविमात्रै उपस्थित छन् ।

१२ Jan २०२५ , १:५२pm
हाम्रो आवाज