गाजामा भएको बम विस्फोटमा चार इजराइली सैनिकको मृत्यु,
पुष -२९ (एजेन्सी)
जेरुसेलम । उत्तरी गाजा पट्टीमा चार इजरायली सैनिकको मृत्यु भएको इजरायली रक्षा बल (आईडीएफ)ले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
इजरायलको सरकारी स्वामित्वमा रहेको कान टीभी न्युजले बेइट हानौन सहरमा सैन्य गाडीमा सवार हुने क्रममा तीन लडाकु र एक सैनिक चालकको मृत्यु भएको जनाएको हो ।
सेनाका अनुसार घटनामा एक ब्रिगेड अधिकृत र एक सैनिक पनि गम्भीर घाइते भएका छन् ।