विश्व स्वास्थ्य संगठनबाट अलग्गियो अमेरिका,
माघ -८
काठमाडौं । अमेरिकी राष्ट्रपति बनेपछि डोनाल्ड ट्रम्पले अमेरिकालाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)बाट अलग गर्ने आदेश जारी गरेका छन् ।
यो आदेशमा हस्ताक्षर गर्दै ट्रम्पले भने, “ओह, यो ठूलो निर्णय हो ।"अरू देशको तुलनामा यसका निम्ति अमेरिकाले अनुचित मूल्य चुकाएको ट्रम्पले बताएका छन् ।