
गैंडाको आक्रमणबाट चितवनमा एकजनाको मृत्यु,
माघ- ९
चितवन- गैँडाको आक्रमणबाट भरतपुर महानगरपालिका–५ विकासचोकका ५५ वर्षीय शिवराज भण्डारीको मृत्यु भएको छ ।
आक्रमणबाट घाइते निजको उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी गराएका छन् ।
२२ Jan २०२५ , १०:३२am