नेपाली समय:

वि.सं २०८२ आषाढ १७   मंगलवार

EnglishEN
एच. पिभी.खोप अभियान-बाँकेमा ३५ हजार भन्दा बढी किशोरीलाई  खोप लगाइने,

एच. पिभी.खोप अभियान-बाँकेमा ३५ हजार भन्दा बढी किशोरीलाई खोप लगाइने,

माघ-१४

बाँके -यही माघ २२ देखि फागुन ६ गतेसम्म सञ्चालन हुने एच पिभी खोप अभियान २०८१ अन्तर्गत बाँकेमा ३५ हजार भन्दा बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको  (एचपिभी) खोप लगाइने भएको छ ।

बाँके जिल्लाका आठ स्थानीय तहमा रहेका ३५ हजार ४४ जना किशोरीलाई एच पिभि खोप लगाइने स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत तथा खोप फोकल पर्सन नरेशबाबु श्रेष्ठले जनाएका छन ।

बाँकेमा विद्यालयमा अध्ययनरत ३३ हजार तीन सय ७५ जना र विद्यालय बाहिर रहेका दुई हजार आठ सय ५० जना गरेर ३५ हजार ४४ जना किशोरीलाई यो खोप लगाइने स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ।

जिल्लाभर ४५९ वटा खोपकेन्द्र मार्फत यो खोप प्रदान गरिने भएको छ । यस खोप अभियान अन्तर्गत यही माघ २२ गते देखि फागुन ६ गते सम्म खोप अभियान सञ्चालन हुने भएपनि बाँकेमा बिभिन्न पालिकाहरूमा फरक फरक मितिमा खोप अभियान संचालन हुने जनाइएको छ । नेपालगंज उप-महानगरपालिकामा भने यही माघ २२ गते देखि माघ २९ गते सम्म १२२ वटा खोपकेन्द्र मार्फत खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ।


 

२७ Jan २०२५ , ८:४१am
असलम खान