नेपाली समय:

वि.सं २०८१ फाल्गुण १०   शनिवार

EnglishEN
आज विश्वभर सिमसार दिवस मनाइँदै,

आज विश्वभर सिमसार दिवस मनाइँदै,

माघ-२०

काठमाडौँ – सचेतनामुलक कार्यक्रम गरी आज विश्वभर सिमसार दिवस मनाइँदैछ ।‘हाम्रो साझा भविष्यका लागि सीमसार क्षेत्रको संरक्षण’ भन्ने नाराका साथ सिमसार दिवस मनाउन लागिएको हो । 

तीव्रगतिमा भइरहेको सिमसार क्षेत्रको ह्रास रोक्नका लागि जनचेतना बढाउने तथा सिमसार क्षेत्रको संरक्षण र पुनःस्थापनाको प्रवर्द्धन गर्ने उद्देश्यले यो दिवस मनाइँदै आइएको छ ।

संयुक्त राष्ट्रसङ्घले सन् २०२१ अगष्ट ३० मा हरेक वर्षको फेब्रुअरी २ मा विश्वभर सिमसार दिवस मनाउने निर्णय गरेको थियो । सन् १९७१ मा क्यास्पियन समुद्रको किनारमा रहेको इरानको सहर रामसारमा आयोजित अन्तर्राष्ट्रिय महत्वको सिमसारसम्बन्धी महासन्धिको अङ्गीकार गरिएको दिनको सम्झनामा दिवस मनाउन लागिएको हो ।

२ Feb २०२५ , ८:२३am
हाम्रो आवाज