
एच.पि.भी.खोप अभियान-बाँकेमा ३६ हजार भन्दा बढी किशोरीलाई लाई एच.पि.भि खोप लगाइने,
माघ-२१
बाँके-भोलि माघ २२ गतेदेखि सुरू हुने एच.पि.भी. पाठेघरको मुखको क्यान्सर विरुद्दको खोप अभियान लाई सफल पार्न स्वास्थ्य कार्यालय बाँकेले आज सरोकारवालासँग अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम गरेको छ।
भोलि माघ २२ गते देखि सुरु हुने खोप अभियान अन्तर्गत बाँके जिल्लाका आठ स्थानीय तहमा लक्षित उमेर समूहका ३६ हजार ९५० जना किशोरीलाई खोप प्रदान गरिने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत तथा खोप फोकल पर्सन नरेश बाबु श्रेष्ठले जनाएका छन्।
स्वास्थ्य कार्यालय बाँकेद्वारा आज नेपालगञ्जमा आयोजना गरिएको सम्बन्धित जिल्ला खोप समन्वय समितिका पदाधिकारी तथा सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा खोप अभियान लाई सफल पार्न लिएको नीति तथा कार्यक्रमको बारेमा छलफल गरिएको थियो।
उक्त एच पि.भि खोप विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका र विद्यालय नजाने १० वर्ष देखि १४ वर्ष उमेर समूहका किशोरीलाई खोप लगाइने स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत तथा खोप फोकल पर्सन नरेश बाबु श्रेष्ठले जानकारी गराएका छन्।
बाँके जिल्लामा खोप कार्यक्रम दुई चरणमा हुने बताइएको छ । पहिलो चरणमा नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका,जानकी गाउँपालिकामा भोलि माघ २२ देखि फागुन १ गते सम्म खोप लगाइनेछ, भने दोस्रो चरणमा राप्ती सोनारी गाउँपालिका बैजनाथ गाउँपालिका नरैनापुर गाउँपालिका र डुडुवा गाउँपालिकामा लक्षित उमेर समूहका किशोरीलाई खोप लगाइने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत तथा खोप फोकल पर्सन नरेश श्रेष्ठले जानकारी गराएका छन् । बाँके जिल्लामा ४५९ वटा खोप केन्द्रमार्फत खोप प्रदानगर्ने कार्यक्रम रहेको बताइएको छ।
कार्यक्रममा बोल्दै भेरी अञ्चल अस्पताल नेपालगञ्जका कन्सल्टेन्ट फिजिसियन डाक्टर राजन पाण्डेले पाठेघरको मुखको क्यान्सर विरुद्धको यो एच.पी.भि खोप लक्षित उमेर समूहका किशोरीहरूका लागि सुरक्षित र प्रभावकारी भएको बताएका छन ।
स्वास्थ्य कार्यालय बाँकेद्वारा आयोजना गरिएको अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रममा जिल्ला खोप समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरी,बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल,स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अङ्गतबहादुर शाही, भेरी अस्पताल नेपालगञ्जका कंसल्टेंट फिजिसियन डाक्टर राजन पाण्डे, स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत तथा खोप फोकल पर्सन नरेश बाबु श्रेष्ठ लगायत सञ्चारकर्मीहरू तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो।