
राष्ट्रिय सभा बैठक बस्दै,आज सामाजिक सञ्जाल विधेयक पेश हुने,
माघ-२७
काठमाडौं : राष्ट्रिय सभा बैठक आइतबार बस्दैछ। दिउँसो सवा १ बजे शुरु हुने बैठकको आरम्भमा विष्णुप्रसाद पौडेलले ‘आर्थिक वर्ष २०८१/८२ को बजेट कार्यान्वयनको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन’ सभा समक्ष पेश गर्नेछन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सामाजिक सञ्जाल विधेयक- २०८१ सभा समक्ष पेश गर्ने तय भएको संसद् सचिवालयले जनाएको छ।