
हमासले तीन जना इजरायली बन्धकहरूलाई रिहा गर्यौ,
माघ-२७(एजेन्सी)
हमासले शनिबार गाजामा तीन जना इजरायली बन्धकहरूलाई रिहा गरेको छ । यसको बदलामा इजरायलले १८३ जना प्यालिस्टिनी कैदीलाई रिहा गरेको छ ।
हमासले रिहा गरेका बन्धकहरू एली सराबी, आर लेवी तथा ओहद बिन अमी हुन् । यी तीन जनालाई स्थानीय समयअनुसार शनिबार बिहान रेडक्रसलाई बुझाइएको छ ।