
एच.पि.भी खोपबारे फैलाइएका भ्रममा नपर्न आग्रह-स्वास्थ्य सेवा विभाग,
माघ-२९
काठमाडौँ । एच.पि.भि.अर्थात पाठेघरको मुखको क्यान्सर विरुद्धको खोपबारे फैलाइएका भ्रममा न पर्न आग्रह गरिएको छ । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले खोपसम्बन्धी बिभिन्न नकारात्मक भ्रम फैलाइएको प्रति ध्यानाकर्षण भएको बताउँदै यस प्रकारको भ्रम मा नलाग्न आग्रह गरेका छन ।
विश्व स्वास्थ्य संगठनले खोप प्रभावकारी र सुरक्षित छ भनेर पुष्टि गरिसकेको अवस्थामा खोप सम्बन्धी फैलाइएका विभिन्न प्रकारका नकारात्मक भ्रममा नपर्न आग्रह गरेका छन्।