
आज विश्वभर हिंसात्मक अतिवाद रोकथाम दिवस मनाइँदै,
माघ-३०
काठमाडौँ- आज विश्वभर हिंसात्मक अतिवाद रोकथाम दिवस मनाइँदै छ ।
संयुक्त राष्ट्रसङ्घको आह्वानमा मनाइने यो अन्तरराष्ट्रिय दिवसमा आतङ्कवादको प्रतिरोध र त्यस निम्ति अनुकूल हुने हिंसात्मक अतिवादलाई रोक्न अन्तरसरकारी संस्था, नागरिक समाज, शिक्षाविद्, धार्मिक नेता र सञ्चारमाध्यमले अतिवादविरुद्ध सचेतना फैलाउने गरेका छन् ।
आतङ्कवाद र हिंसात्मक अतिवादलाई कुनै पनि धर्म, राष्ट्रियता, सभ्यता वा जातीय समूहसँग जोड्न नहुनेमा जोड दिँदै राष्ट्रसङ्घीय महासभाले हरेक वर्ष फेब्रुअरी १२ का दिन यो दिवस मनाउने घोषणा गरेको हो ।