नेपाली समय:

वि.सं २०८१ जेठ ६   आइतबार

EnglishEN
एक गाउँ एक उद्योगको नीति कार्यान्वयनमा : मन्त्री भट्ट   

एक गाउँ एक उद्योगको नीति कार्यान्वयनमा : मन्त्री भट्ट   

अत्तरिया, २२ पुस : उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले ‘एक गाउँ एक उद्योग’को नीति कार्यान्वयनमा ल्याइने जानकारी दिनुभएको छ । कैलालीको चुरे गाउँपालिकाद्वारा सोमबार आयोजित वृद्धवृद्धालाई कम्बल वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ग्रामीण जनताको जीवनस्तर माथि उकास्न ‘एक गाउँ, एक उद्योग’को नीति अवलम्बन गरिएको बताउनुभयो ।    
    
उहाँले भन्नुभयो, “यहाँका किसानको जीवनस्तर सुधारका गर्न सुन्तला र कफीखेतीको विकास गर्नु आवश्यक छ । यसमा सरकारले सहयोग गर्छ ।”    
गाउँपालिकाकाअन्तर्गतका ३०० अशक्त, वृद्धवृद्धा तथा गरीब परिवारलाई कम्बल वितरण गरिएको थियो ।    
 

७ Jan २०२० , १०:४२am
हाम्रो आवाज