
भारतको राजधानी नयाँ दिल्लीमा बिहानै भूकम्पको झट्का,
फागुन-५
काठमाडौँ – भारतको राजधानी नयाँ दिल्लीमा बिहानै भूकम्प गएको छ । सोमबार बिहान ५ बजेर ३६ मिनेटमा दिल्ली–एनसीआरमा ४.० म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको शक्तिशाली झट्का महसुस भएपछि स्थानीय घर बाहिर निस्किएका थिए । भूकम्पको केन्द्र दिल्लीको जमिनबाट ५ किलोमिटर गहिराइमा रहेको थियो ।