
बाँकेमा आजदेखि सुरु भयो हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन कार्यक्रम,
फागुन -५
नेपालगञ्ज । बाँकेमा आजदेखि हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन कार्यक्रम सुरु भएको छ ।
१३ पटकसम्म लगातार औषधि खुवाउँदा पनि बाँकेका तीन पालिका र एउटा पालिकाको एक वडामा हात्तीपाइले रोगको निवारण हुन नसकेपछि १४औं पटक औषधि खुवाउन सुरु गरिएको हो ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ महेन्द्र पार्कमा नगर प्रमुख प्रशान्त विष्टको अध्यक्षतामा भएको औषधि सेवन कार्यक्रमको उदघाटन जिल्ला समन्वय समिति संयोजक ज्ञानेन्द्र कुमार चौधरीले गरेका छन ।
उद्घाटन कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल,नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राई, इपिडेमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. यदु चन्द्र घिमिरे, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाही, नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्द लगायतको उपस्थिति थियो । कार्यक्रममा उपस्थित अतिथि र प्रमुख अतिथि महानुभावहरूले औषधि सेवन गरेर कार्यक्रमको उद्घाटन गरेका छन् ।