नेपाली समय:

वि.सं २०८१ फाल्गुण १०   शनिवार

EnglishEN
नेपालगंजमा ठूलो परिमाणमा लागू औषध ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ,

नेपालगंजमा ठूलो परिमाणमा लागू औषध ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ,

फागुन-८

 

बाँके-नेपालगञ्ज वडा नम्बर २१ पुरैनाबाट ठूलो परिमाणमा लागु औसध ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

 

पक्राउ पर्नेमा भारत उत्तर प्रदेश जिल्ला बहराई बस्ने वर्ष ३१ को विशाल अहमद रहेका छन्। गोप्य सूचनाको आधारमा तालुक लागू औसध ब्युरो कोटेश्वर काठमाडौँ र वडा प्रहरी कार्यालय नेपालगञ्जबाट खटिएको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा निज विशाल अहमद लाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

पक्राउ गरिएका विशाल अहमदसँग ३५१ ग्राम लागू औषध ब्राउन सुगर बरामद भएको बाँके प्रहरीले जनाएको छ।

२० Feb २०२५ , ८:५२am
हाम्रो आवाज