
वर्षा र हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध,
फागुन -१६
बागलुङ । आज बिहानदेखि परेको वर्षा र हिमपातका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ ।
सडकमा जमेको बाक्लो हिउँका कारण लोकमार्गअन्तर्गत बागलुङको पूर्वी रुकुम खण्ड अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा पूर्वी रुकुम, पश्चिम रुकुम, जाजरकोट, डोल्पालगायत स्थानबाट सञ्चालन हुने सवारीसाधन ठप्प भएको जानकारी प्राप्त भएको हो ।