
पूर्व युवराज पारस शाहलाई हृदयघात,
फागुन १९,
पूर्वयुवराज पारस शाहलाई हृदयघात भएको छ ।
घरमै हृदयघात भएपछि आइतबार साँझ उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा पुर्याएको थियो ।
गएराति नै मुटुमा स्टेन लगाएको र अहिले अवस्था सुधारोन्मुख रहेको स्रोतले जनाएको छ । अहिले स्वास्थ्यमा सुधार भइरहेको उपचारमा खटिएका चिकित्सकले जनाएका छन्।