
अवैध रूपमा अमेरिका छिरेका आठ जना नेपालीलाई अमेरिकाले स्वदेश फर्कायो,
फागुन -२१
काठमाडौं । अवैध रूपमा अमेरिका छिरेका आठ जना नेपालीलाई आज स्वदेश डिपोर्ट गरिएको छ । अध्यागमन विभागकाअनुसार आठ जना नेपाली लिएर अमेरिकी चार्टर विमान बुधबार बिहान त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो ।
डिपोर्ट हुनेमा १ महिला र ७ पुरुष रहेको पुष्टि भएको छ । उनीहरुको थप पहिचान भने खुलाइएको छैन ।