
संवैधानिक निकायका पदाधिकारी नियुक्तिविरुद्धको रिटमा सुनवाई हुँदै,
फागुन -२१
सर्वोच्च अदालतमा संवैधानिक निकायका पदाधिकारी नियुक्तिविरुद्धको रिटमा दोस्रो दिनको सुनुवाइ आज सुरू भएको छ।
सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सुरू भएको हो। इजलासमा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतका साथै न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी रहेका छन ।
गत माघ ३० गते निवेदक अधिवक्ता ओमप्रकाश अर्याल र उनका तर्फबाट वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवालीले बहस गरेका थिए। उक्त दिन सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको थियो। आज पनि निवेदककै तर्फबाट बहस भइरहेको सर्वोच्च अदालतले जानकारी दिएको छ।