
पुनः ६ वटा जिल्लामा फेरिए प्रमुख जिल्ला अधिकारी,
फागुन-२२
सरकारले ६ वटा जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी (सीडीओ) खटाएको छ । गृह मन्त्रालयमा रहेका पाँच सहसचिवको पदस्थापन तथा दुई सीडीओको सरुवा गरिएको हो ।
संखुवासभाका सीडीओ विनोदकुमार खड्का रौतहट सरुवा हुँदा नुवाकोटका सीडीओ रामकृष्ण अधिकारीलाई गृह मन्त्रालय ल्याइएको छ ।
सहसचिवहरू धर्मराज जोशी बाँके, दिव्यराज पोखरेल संखुवासभा, नरहरि घिमिरे खोटाङ, विजयराज सुवेदी ओखलढुंगा र शशिधर घिमिरे नुवाकोटको प्रमुख जिल्ला अधिकारीको कार्यभार सम्हाल्ने छन् ।