आज ११५औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै,
फागुन-२४
सबै महिला तथा बालिकाको लागिः अधिकार, समानता र सशक्तीकरण’ भन्ने मूल नाराका साथ संसारभर विभिन्न कार्यक्रमका साथ आज ११५औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदैछ।
सरकार, सरोकारवाला निकाय तथा विभिन्न महिला संगठनले विभिन्न कार्यक्रमको आयोजना गरी भव्यताका साथ नारी दिवस मनाउने गरेका छन ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले प्रहरी प्रधान कार्यालयमा विशेष समारोहको आयोजना गरेको छ । विभिन्न राजनीतिक दल सम्वद्ध महिला संगठनले पनि अन्तर्राष्ट्रिय महिला दिवसको कार्यक्रम तय गरेका छन् ।

