
राजावादीहरूले संविधान व्यवस्था उल्टाउने उद्देश्यले हिंसात्मक क्रियाकलाप गरे : गृहमन्त्री
चैत- २२
काठमाडौं : गृहमन्त्री रमेश लेखकले चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीहरूले गरेको प्रदर्शन संविधान व्यवस्था उल्टाउने उद्देश्यले प्रेरित गरिएको बताएका छन ।
शुक्रवार सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रदर्शनबारे जानकारी दिँदै उनले यस्तो बताएका हुन् । उनले तीनकुनेमा भएको प्रदर्शनमा संविधान उल्ट्याउने र व्यवस्था मास्ने उद्देश्यले अमर्यादित र हिंसात्मक क्रियाकलापहरू भएको बताए ।
उनले राजावादी समूहले शान्तिपूर्ण आन्दोलन गर्ने अनुमति लिएर निजी सम्पति तोडफोड आगजनीमा उत्रिएको बताए । उनले पूर्वराजा ज्ञानेन्द्र शाहले सार्वजनिक गरेको अभिव्यक्ति, फागुन २५ को प्रदर्शन तथा राजावादी नेताहरूले दिएको अभिव्यक्ति केलाएर हेर्दा संविधान र व्यवस्था उल्ट्याउने उद्देश्य नलुकेको बताएका छन ।