नेपाली समय:

वि.सं २०८१ चैत्र २४   सोमवार

EnglishEN
विश्वकै दोस्रो प्रदूषित सहर बन्यो काठमाडौँ,

विश्वकै दोस्रो प्रदूषित सहर बन्यो काठमाडौँ,

चैत-२४

काठमाडौँ - काठमाडौँमा आइतबार पनि वायु प्रदूषण बढेको छ । काठमाडौँ विश्वकै दोस्रो प्रदूषित सहरको रूपमा देखिएको छ। बिहान ७ बजे  काठमाडौँको हावाको गुणस्तर मापन सूचक एक्यूआई दुई सय ११ मापन भएको छ । प्रदूषित शहरको शीर्ष स्थानमा भारतको दिल्ली छ ।

दिल्लीको एक्यूआई दुई सय ४९ र तेस्रोमा रहेको पाकिस्तानको लाहोरको दुई सय सात रहेको छ । बिहीवार खतरनाक तह पार गरेर शुक्रवारदेखि केही घटेको काठमाडौँको प्रदूषण हिजो बेलुकादेखि फेरी बढेको हो । एक्यूआई दुई सय भन्दा माथि जानुलाई अति अस्वस्थ मानिन्छ ।

वायु गुणस्तर मापन सूचक दुई सय भन्दा माथि रहेकोले अति सावधानी अपनाउनुपर्ने डाक्टरहरू बताउँछन् । 

१ दिन पहिले
हाम्रो आवाज