नेपाली समय:

वि.सं २०८२ बैशाख १३   शनिवार

EnglishEN
आन्दोलनरत शिक्षक महासंघद्वारा सरकारले आह्वान गरेको वार्तामा बस्न अस्वीकार,

आन्दोलनरत शिक्षक महासंघद्वारा सरकारले आह्वान गरेको वार्तामा बस्न अस्वीकार,

चैत-२७

काठमाडौं-आन्दोलनरत नेपाल शिक्षक महासंघले सरकारले आह्वान गरेको वार्तामा बस्न अस्वीकार गरेको छ ।

शिक्षा मन्त्रालयले बुधबारका लागि बोलाएको वार्तामा बस्न महासंघले अस्वीकार गर्दै सर्त राखेको हो । तर महासंघले आफूहरू विद्यालय शिक्षा ऐन कसरी ल्याउने भन्ने विषयमा छलफल गर्ने भए मात्र वार्ता गर्ने जनाएको छ ।

शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले २०८० असोज ५ गतेको सहमतिअनुसार माग पूरा गर्ने विषयमा मात्र छलफल गर्न आफूहरू तयार रहेको बताएका छन ।

९ Apr २०२५ , १२:४४pm
हाम्रो आवाज