
वीरगञ्जको तनावग्रस्त क्षेत्रमा कर्फ्यु आदेशसँगै सेना परिचालन,
चैत -३०
पर्सा- पर्साको वीरगन्जमा आज शनिबार हनुमान जयन्तीको शोभा यात्राको क्रममा भएको दुई समुदायबिचको झडप नियन्त्रणमा लिन सेना परिचालन गरिएको छ ।
दुई समुदाय बीच भएको झडपपछि स्थिति तनावग्रस्त भएपछि स्थानीय प्रशासनले साढे ६ बजेदेखि आइतबार बिहान १२ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो। कर्फ्यु आदेश सँगै तनावग्रस्त क्षेत्रमा सेना परिचालन गरिएको स्रोतले जनाएको छ ।
स्थितिलाई नियन्त्रणमा लिन अहिले सेना परिचालन गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी गराएका छन् ।
झडप नियन्त्रणमा लिने क्रममा प्रहरीले १४५ राउन्ड अश्रुग्याँस प्रहार गरेको छ । झडपका क्रममा प्रहरी प्रशासन समेत घाइते भएको बताइएको छ।