नेपाली समय:

वि.सं २०८२ बैशाख १३   शनिवार

EnglishEN
टी–२० अन्तर्राष्ट्रिय सिरिजको फाइनलमा आज नेपाल कुवेतसँग भिड्दै,

टी–२० अन्तर्राष्ट्रिय सिरिजको फाइनलमा आज नेपाल कुवेतसँग भिड्दै,

चैत-३१

काठमाडौं - हङकङमा जारी चारदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजको फाइनलमा आज नेपाल कुवेतसँग भिड्दै छ।

आइतबार हङकङको मङ कोक क्रिकेट मैदानमा फाइनल खेल हुँदै छ । खेल  बिहान ११ बजेर १५ मिनेटमा सुरु हुनेछ।

हिजो शनिबार आयोजक हङकङविरुद्ध लिग चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएसँगै नेपाल शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको हो।

हङकङले ९ ओभरमा तीन विकेट गुमाउँदै ६८ रन बनाउँदा वर्षाका कारण खेल रोकिएको थियो। 

१३ Apr २०२५ , ८:४८am
हाम्रो आवाज