
नयाँ वर्षमा पनि रोकिएन शिक्षक आन्दोलन,
बैशाख-१
काठमाडौं । आज नयाँ वर्षको दिनमा पनि शिक्षकहरूको आन्दोलन जारी नै छ । केही दिनदेखि लगातार आन्दोलन गर्दै आइरहेको शिक्षक आन्दोलन आज वैशाख १ गते पनि रोकिएको छैन ।
काठमाडौँ केन्द्रित आन्दोलनरत शिक्षकहरूले नयाँ शिक्षा ऐन जारी गर्न सरकारसँग माग गर्दै आएका छन् ।
शिक्षकहरूले माग पूरा नभएसम्म आफ्नो कार्यक्षेत्रमा नफर्किने अडान लिएका छन् । चैत २० गतेदेखि आन्दोलनरत शिक्षकहरू वैशाख १ गते सम्म पनि सडकमै बसेर प्रदर्शन गरिरहेका छन् ।