नेपाली समय:

वि.सं २०८२ बैशाख १३   शनिवार

EnglishEN
कक्षा १२ को परीक्षामा सहभागी नहुन शिक्षक लाई महासंघको आग्रह,

कक्षा १२ को परीक्षामा सहभागी नहुन शिक्षक लाई महासंघको आग्रह,

बैशाख-२

काठमाडौं । नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष तथा निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको छ । 

महासंघले विज्ञप्ति जारी गर्दै उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, प्रवेश परीक्षा, विद्यार्थी भर्ना, तालिम, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमणजस्ता कुनै पनि काममा सलग्न नहुन शिक्षक तथा कर्मचारीमा अपिल गरेको छ । 

नेपाल शिक्षक महासंघ चैत २० गतेबाट काठमाडौं केन्द्रित शैक्षिक सडक आन्दोलन गर्दै आइरहेको छ ।

१५ Apr २०२५ , ९:०१am
हाम्रो आवाज