नेपाली समय:

वि.सं २०८२ बैशाख १३   शनिवार

EnglishEN
सुडानको शरणार्थी शिविरमा विद्रोहीको आक्रमणमा परी ४०० जनाको मृत्यु,

सुडानको शरणार्थी शिविरमा विद्रोहीको आक्रमणमा परी ४०० जनाको मृत्यु,

बैशाख-२ (एजेन्सी)

काठमाडौं । सुडानको शरणार्थी शिविरमा विद्रोहीको आक्रमणबाट कम्तीमा ४०० जनाको मृत्यु भएको छ ।

संयुक्त राष्ट्रसङ्घले विश्वसनीय स्रोतहरूलाई उद्धृत गर्दै यसको जानकारी दिएको बीबीसीको समाचारमा उल्लेख छ ।

यो आक्रमण सुडानमा सक्रिय विद्रोही समूह र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ)ले गरेको हो ।

सुडानमा डार्फरको नियन्त्रणका लागि विद्रोही समूह आरएसएफ र सुडानी सेनाबीच युद्ध चलिरहेको छ । अप्रिल २०२३ देखि यी दुईबीच सत्ताका लागि रक्तपातपूर्ण सङ्घर्ष भइरहेको छ ।

१५ Apr २०२५ , ९:१३am
हाम्रो आवाज