
खोप लगाउन छुटेका पाँच वर्षमुनिका बालबालिकालाई खोप लगाउन सरकारको आग्रह,
वैशाख- ३
काठमाण्डाै – सरकारले नियमित खोप लगाउन छुटेका पाँच वर्षमुनिका बालबालिकालाई खोप लगाइदिन आग्रह गरेको छ । खोप महिना कार्यक्रम सार्वजनिक गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बालबालिकालाई नियमित दिनुपर्ने नौ प्रकारका खोपमध्ये कुनै छुटेको भएमा पाँच वर्षभित्रै लगाइसक्न आग्रह गरेको हो ।
यसैबीच सरकारले आउँदो शनिवार र आइतवार देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भएको छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत ६ महिनादेखि ५ वर्ष उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ तथा एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुका मार्ने औषधि खुवाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।