
दाङमा बस दुर्घटना हुँद २१ जना घाइते,
बैशाख-५
दाङ-भारतीय पर्यटक सवार बस दाङमा दुर्घटना हुँदा २१ जना घाइते भएका छन ।
भारतको लखनउबाट भ्रमणका लागि पोखरा जाँदै गरेको युपी ३२ एमएन ९६६६ नम्बरको बस दुर्घटनामा परेको हो।
कोइलाबास लमही सडक खण्डको गढवा गाउँपालिका–५ चिसापानीमा बस दुर्घटना भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ।
बस अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। घाइतेहरूलाई उपचारकालागि लमही अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ।