
तोकेको समय भित्र सामाजिक सञ्जाल दर्ता नगरे प्रतिबन्ध लगाइने सञ्चारमन्त्री- गुरुङ
बैशाख -५
काठमाडौं– तोकेको समयसीमा भित्र सामाजिक सञ्जाल दर्ता नगरे नेपाल सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जनाएका छन ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले तोकेको म्यादभित्र दर्ता नभए फेसबुक लगायतका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लाग्ने स्पष्ट पारेका हुन ।
शुक्रबार काठमाडौंमा सञ्चारिका समूह नेपालको ९ औँ महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री गुरुङले नेपालमा सञ्चालन हुने सबै सामाजिक सञ्जाल प्ल्याट्फर्महरुले नेपालको नियम मान्नुपर्ने भन्दै सरकारले तोकेको म्यादभित्र दर्ता नभए प्रतिबन्ध लगाइने जानकारी गराएका छन ।