नेपाली समय:

वि.सं २०८२ बैशाख १३   शनिवार

EnglishEN
रुसद्वारा युक्रेन युद्धमा अस्थायी युद्धविराम घोषणा,

रुसद्वारा युक्रेन युद्धमा अस्थायी युद्धविराम घोषणा,

वैशाख- ७ 

(एजेन्सी)

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्धमा अस्थायी युद्धविराम घोषणा गरेका छन् । इस्टरको अवसरमा रुसी सेनाले स्थानीय समयअनुसार शनिबार साँझ ६ बजेदेखि आइतबार मध्यरातसम्म सबै सैन्य कारबाही रोक्ने घोषणा पुटिनले गरेका हुन् ।

रुसी राष्ट्रपति कार्यालय क्रेमलिनको टेलिग्राम च्यानलमार्फत जारी गरिएको वक्तव्यमा पुटिनले युक्रेनी पक्षले पनि सोहीअनुसार कदम चाल्ने अपेक्षा गरेका छन् ।

यदि युक्रेनले युद्धविराम उल्लंघन वा कुनै प्रकारको उकास्ने कार्य गर्‍यो भने रुसले जवाफी कारबाही गर्ने पुटिनले चेतावनीसमेत दिएका छन् ।

२० Apr २०२५ , ७:४५am
हाम्रो आवाज